आज पौष ८ गते बुधवार, तपाईको आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन खिन्न हुने स्थिति आउनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला,साहित्यमा रुचि बढ्नेछ। बैदेशिक कार्य अघी बढ्नेछ। कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको धन हात पर्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मीबाट विरोध आउला। गरेका काममा ढिलासुस्ती हुनेछ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला। भौतिक साधन जुट्नाले पनि मनग्य लाभ उठाउन सकिनेछ। प्रियभेट हुनुका साथै प्रेमको बन्धन कसिने समय छ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भईएला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
महत्वपूर्ण कामको थालनी हुनेछ। समाजसेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथी भाईसंग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोजगारको अवसर मिलनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।