प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध परेका १२ रिटको बुधबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले सबै मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय गरेको रिट निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र वलीले जानकारी दिए।
उनका अनुसार प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनु पर्ने बताएका थिए। संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्