७ हजार ८ सय ८८ रुपैंयाको मासिक किस्तामा आईफोन १२

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर विभिन्न सामान खरिद गर्ने ग्राहकलाई छुट अफर सार्वजनिक गरेको छ। आईफोन १२ किन्न चाहनेलाई ७ हजार ८ सय ८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ। यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनुपर्नेछ।

माछापुछ्रे बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहकले तत्कालै आईफोन खरिद गर्न सक्नेछन्। अरूले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयामार्फत शून्य प्रतिशत व्याजदरमा आईफोन खरिद गर्न सक्नेछन्।

गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागि हुन सकिनेछ। रिचार्जरले अफरको समयमा १२ रुपैंयामा आईफोन १२ जित्ने अफरसमेत सार्वजनिक गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयामा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।त्यसै गरि रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ।

गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ। यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ।