प्रधानमन्त्रीले निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरे: भीम रावल

नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्। उनले चुनावको मिति तोकेर पदबाट राजीनामा दिनुको सट्टा निरंकुश शासक झैं मन्त्रिपरिषद विस्तार गरेको आरोप लगाएका छन्।

उनको स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेको रावलको टिप्पणी छ। ट्वीटरमा रावल लेख्छ्न्‌, “देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्। आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन्।”

रावल नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-माधव नेपाल पक्षधर नेता हुन्। संसद बिघटनपछि प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका थिए।