आज पुस १२ गते आइतवार, हेर्नुस्‌ तपाईको आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको योजना बन्नेछ। वस्त्र एवं अङ्कार प्राप्ति हुनसक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ। आफन्तहररूको सहयोगले कामहरू अगाडी बढ्नेछन। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनीतिक कार्यमा बाधा आउनसक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यमा सफलता पाईनेछ। प्रेमसम्बन्ध कसिलो हुनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुहरू पराजित हुनेछन्। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने योजना थाल्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले कामहरु अगाडी बढ्नेछन्। समाजसेवामा मन लाग्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शत्रुबाट छुटकारा मिल्नेछ। सन्तान सुख पनि हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ। अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
छोटो दुरीको लाभदायक यात्रा रहला। वैदेशिक कार्य अघि बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।