“एमसीसी सम्झौता लागू गरेर अगाडि बढ्नु पर्छ” – उर्जामन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, “यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।”

उनले भने, ‘एमसीसीमा कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदाहरु छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानीलाई ल्याउन हुन्न भन्ने कुरा, यो अपराध नै हो, यो हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरुमा मलाई विश्वास छैन ।’

एमसीसी लागू गर्न नसक्ने हो भने भारतसँग जोडने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको उर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्याउने बताए ।