चिनियाँ टोलिले ओलीलाई भन्यो: नेपालको एक चीन नीतिप्रति चीन आभारी छ

चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ एचौको नेतृत्वमा नेपाल भ्रमणमा आएका पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

आइतवार राति उक्त टोलीले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटेको हो । उक्त भेटवार्तालाई प्रधानमन्त्री ओलीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार राजन भट्टराईले पुष्टि गरेका छन् ।

नेपाल चीन सम्बन्धका विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको धारणाका साथै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धका विषयमा दुई पक्षबीच छलफल भएको थियो ।

‘चिनियाँ पक्षले दुई देश तथा पार्टीबीचको सम्बन्ध पारस्परिक हित र सम्मानमा आधारित रही थप गहिरो र विस्तारित बन्दै गएकोमा खुशी व्यक्त गरेको छ,’ सल्लाहकार भट्टराईले भनेका छन् ।