आँधीबेहरी आउन अझै बाँकी छ: प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह बनेको आरोप लगाएका छन् ।

ओलीले एक सालदेखि पार्टी फुटाउने र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको उनले बताए । अहिलेसंसद भंग गरेर देशलाई भड्खालो हाल्न चाहेको प्रचण्डको आरोप छ । त्यसविरुद्ध मंगलबार देशभर प्रदर्शन भएको भन्दै उनले प्रतिगमनलाई नच्याउने हो भने यो भत्केरो (बधुको घर पुग्न लाग्दा)मात्र सावित हुने चेतावनी दिए ।

०४६ को जनआन्दोलनको तयारीका क्रममा मदन भण्डारीले यो त आन्दोलन होइन, आन्दोलनको भत्केरो आएको मात्र हो । जन्ति आउनै बाँकी छ, बाजा बज्नै बाँकी छ’ भनेका स्मरण गर्दै उनले भने, ‘मैले पनि आज के सोचेको छु भने यदि संविधानमाथि भएको निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने यो भत्केउरो मात्र सावित हुनेछ । भोलि त आँधी हुरी आउनेछ ।’

जनता भनेको यस्तै हुन्, झुक्याएपछि झुक्किहाल्नेछन् भन्ने ठान्नु भूल हुने उनको चेतावनी छ ।