केपी ओली वैशाखबाट नेपालको राजनीतिक इतिहासबाट पत्तासाफ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई दुर्घटना गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन्।

प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले भने‚ ‘केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने, मलाई लाग्छ त्यस्तै हो। उनी गोटी भएको हो। वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ। अनि उनैले श्री ३ महाराज हुन्छु भनेर सपना देखेर हुनेवाला हो र आजको नेपालमा?’

प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिएका प्रचण्डले ओली कसैको गोटी भएको आरोप लगाए। सडक आन्दोलन निरन्तर रहे प्रतिगमन सच्चिनेप्रति उनले विश्वास व्यक्त गरे।