ओलीले भ्रष्टाचारीको संरक्षण र हावादारी गफ मात्रै गरेको सत्य हो : रामकुमारी झाँक्री

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएकी छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ओलीले भ्रष्टाचारको संरक्षण गर्नुका साथै गफ मात्रै लगाएर काम गर्न नसकेको आरोप लगाएकी हुन्। उनले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीको नभएको दाबी गरेकी छन्। ‘भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो । हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो। काम गर्न सकिनँ भनेर जाने संसदमा हो’ उनले लेखेकी छन्, ‘संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन। यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।’

भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो।हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो। काम गर्न सकिन भनेर जाने संसदमा हो।संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन।यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।