सुरुङ हेर्न विदेश जानुपर्दैन, अब थानकोट गए हुन्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सुरुङ हेर्न विदेश जानु नपर्ने बताएका छन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब सुरुङ हेर्न मन लागे थानकोट गए हुने बताएका हुन् । उनले भने, सुरुङ कस्तो हुन्छ भनेर हेर्न मन लाग्यो भने, पिकनिक जाँदा, वा अन्य समयमा मोटरबाइक चढेर सुरुङ हेर्न जान सकिने छ ।’

उनले अन्य ठाउँमा पनि सुरुङ मार्ग बनाउने काम प्रक्रियामा रहेको बताए ।