दुनियाँ नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर भएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देशलाई आर्थिक र अन्य पक्षलाई समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएको दाबी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी, काठमाडौंले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर, मानव सूचकाङ्कमा वृद्धि गरेको दाबी गरे। ‘पहिलेपहिले नेपालका प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुँदैन थियो। अहिले भारतका प्रत्येकलाई नेपालको प्रधानमन्त्री सोध्नु भयो भने हरेकलाई कठै छ। अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम सुनिन थालेको छ,’ ओलीले भने।

भारत र चिनियाँका प्रधानमन्त्री र राष्ट्रपतिले पनि नेपालको समृद्धि र राष्ट्रिय आकांक्षाको विषयमा थाहा पाएको उनले बताए। तर, आफ्नै पार्टीका नेताहरुले भने विकास भएको नदेख्ने र बोल्न नगरेको आरोप लगाए। प्रधानमन्त्रीले भने, ‘प्रचण्ड माधव नेपालले कहिले समृद्धि भयो भन्ने सुन्नु भएको छ? ढुङ्गो बोल्छ उहाँ बोल्नु हुँदैन। उहाँहरुलाई चित्त दुख्छ। श्रेय अरुलाई नै जान्छ भन्ने। देख्दा छातीको साइज उत्रै छ तर चित्त भने कत्रो? ओलीले देश विकामा अगाडि बढिरहेको र बढिरहने दाबी समेत गरे।