नयाँ नक्सा सार्वजनिक गर्यौ, अब जग्गा फिर्ता ल्याएरै छाड्छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नक्साअनुसार नै नेपालको जग्गा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन्।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले संविधान संशोधन गरेर नयाँ नक्सा सार्वजनिक गरेका छौँ। नक्साअनुसार जग्गा फिर्ता ल्याएरै छाड्छौँ’, उनले भने, ‘त्यसको जस मलाई नदिनुहाेस्, मेरो पालामा ल्याएको त हो नि!’

आफ्नै पार्टीको नेतृत्वले सरकारको सफलता देखेर आत्तिएको आरोप लगाए। ‘सरकारले धेरै काम गरेको देखेर केही व्यक्तिहरुलाई जलन भयो। त्यसैले उहाँहरुले सरकार असफल बनाउनका लागि लागिराख्नुभयो’ उनले भने।

राष्टिय आकांक्षा अनुसार समृद्ध नेपाल समृद्ध नेपालीको नारा पुरा गरेरै छाड्ने दाबी गरे। नेपालले तय गरेको राष्टिय आकांक्षा महत्वपूर्ण भएको बताए। ‘हाम्रो पार्टीको शिर्ष नेताहरुले समृद्ध नेपाल सुखी नेपाली भन्दा उहाँहरुको मन जल्छ। उहाँहरुले त्यो बोल्न सक्नुहुन्न’ उनले भने, ‘कस्तो मन होला?’