१० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ। यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

उक्त प्रतिवेदनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाएका थिए। प्रचण्डको उक्त प्रतिवेदनमा प्रधानमन्त्री ओली पक्षधरले आपत्ति जनाएका थिए।