ओलीभन्दा ‘प्रचण्ड’ धेरै राम्रो मान्छे : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘फारबेटर’ मान्छे भएको बताएका छन् ।

जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा नेपालले यस्तो बताएका हुन् । उनले प्रचण्डसँगै मिलेर आफूले सेना समायोजनलगायत महत्त्वपूर्ण कार्य गरेको बताए । ओलीमा आफ्ना विरोधीहरुलाई सिध्याउन चाहने प्रवृत्ति रहेको बताउँदै नेपालले प्रधानमन्त्रीको मुखबाट निस्किएका बोलीको आलोचना गरे ।

उनले ओलीले बोलेका शब्दले टाउको निहुर्‍याउने अवस्था आएको बताए । उनले ओलीलाई आफूले नै समर्थन गरेर ल्याएको बताउँदै अहिले आफैंलाई घाँडो भएको पनि बताए ।