ओली राजनीतिक क्यान्सर भएकाले समयमै उपचार नगरे खतरा : बाबुराम भट्टराई

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय शक्तिको डिजाइननुसार प्रतिनिधिसभा विघटनका लागि मतियार बनेको आरोप लगाएका छन ।

नेकपाको प्रचण्ड- नेपाल समुहले आयोजना गरेको अन्तरकृयामा भट्टराईले मुलुकमा अब चुनाव पनि नहुने र मुलुक अन्तर्रास्ट्रिय शक्तिकेन्द्रको ठूलो द्वन्दको केन्द्र बन्ने सम्भावना देखिएकाले रास्ट्रीय स्वाधीनतामा ठूलो खतरा औल्याए ।

ओली राजनीतिक क्यान्सर भएकाले समयमै उपचार नगरे त्यसले दलीय प्रणालीलाई नै समाप्त पार्ने खतरा रहेको उनको भनाई थियो । केपी ओली इमान्दार तानशाह भए पनि अझै उनलाई पार्टीबाट कार्वाही गरेर ननिकालिएकाले प्रचण्ड-नेपाल समूहको आन्दोलनलाई जनताले नै प्रश्न उठाउने स्थिती बनेको पनि उनले बताए ।