काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिए सुदूरपश्चिमका मन्त्रीले

प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् ।

राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिँह बोहरासमेत मुख्यमन्त्री कार्यालयमा हिँडेरै पुगेका थिए ।

प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालयमा मन्त्री बोहरासँगै गएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए ।

सरकारी सुविधामा गाडी र पारिश्रमिक लिएका बोहरा मन्त्री भएपछि पनि आफ्नै निवासमा बस्दै आएका थिए ।