भारतसँग विवाद बढेपछि चिनियाँ राष्ट्रपतिले सेनालाई भने युद्दका लागि तयार रहनु

चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् ।

भारतसँग टक्कर परिररहेकै बेला उनले चिनियाँ सेना युद्धका लागि तम्तयार रहेको जानकारी दिएका हुन् । राष्ट्रपति सीले आफ्नो सेनालाई सैनिक अभ्यास गर्न निर्देशनसमेत दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यस्तै सीले सेनालाई जसरी पनि युद्ध जित्ने तरिकाले तालिम गर्न पनि निर्देशन छन् ।

गत जुन १५ मा भारतसँगको सीमाना लद्दाखमा भारतीय सेना र चिनियाँ सेना झडप भएको थियो । त्यस क्रममा भारततर्फ २० सैनिकको मृत्यु भएको थियो भने चीनतर्फको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । त्यसयता पनि दुई देशका सैनिकबीच बेलाबेला झगडा भइरहेको छ ।

शान्ति स्थापनाका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । यसबीच सीमामा भारत–चीन दुवैले सैन्य शक्ति बढाई आफूलाई युद्धका लागि तम्तयार बनाएका खबर आइरहेका छन् ।