बिहान खाली पेटमा लसुन खानु यी रोगहरुको लागि अचुक औषधि

मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । यदि खानेकुरामा अरुची छ भने त्यसको राम्रो समाधान हो, लसुन । बिहान नियमित रुपमा लसुन प्रयोग गर्नुहोस्, यसले पाचन यन्त्र ठीक हुन्छ । लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

बिहान खाली पेटमा लसुन सेवन गर्दा रक्त प्रवाह नियमित हुन्छ । यसले हृदयसम्बन्धी समस्या हटाउँछ । लसुनले रक्त नलीलाई चौडा बनाइदिन्छ, त्यही कारण रक्त प्रवाह सजिलो हुन्छ । जसलाई उच्च रक्तचापको समस्या छ, उनीहरुले खाली पेट काँचो लसुन सेवन गर्नुपर्छ । यदि लसुनको स्वादमा रुची छैन भने लसुन सेवन गरिसकेपछि एक गिलास दुध सेवन गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसार लसुनको सप्लिमेन्ट पनि लिन सकिन्छ ।

लसुनमा भिटामिन सि, बि-६, म्यानिज र सेलेनियम हुन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । लसुनमा रहने एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोवियल गुणले शरीरमा रोग लाग्न दिदैन ।