बुहारीलाई बलात्कार गर्ने ६० वर्षीय व्यक्ति पक्राउ

चार वर्षदेखि बुहारीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा परेको किटानी जाहेरीका आधारमा आँधिखोलाका ६० वर्षीय व्यक्ति पक्राउ परेका हुन् । नातामा पीडक र पीडित ससुरा बुहारी पर्ने भएकाले पक्राउ पर्नेको नाम नखुलाइएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताए ।

बोगटीका अनुसार जिल्ला अदालत, स्याङ्जाबाट पक्राउ परेका व्यक्तिविरुद्ध ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।