पुष्पकमल दाहाल र माधवकुमार नेपाल विदेशी दलाल हुन् : मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पुष्पकमल दाहाल र माधवकुमार नेपाल विदेशी दलाल भएको आरोप लगाउनु भएको छ ।

नेकपा ओली पक्षको जिल्ला भेलालाई शुक्रबार बागलुङमा सम्बोधन गर्दै उहाँले प्रचण्ड र नेपाल विदेशीको पछि–पछि लाग्ने दलाल र राष्ट्रघाती भएको जिकिर गर्नुभयो ।

गुरूङले राष्ट्रघातीहरुको पछि लागे जनता र मुलुक डुब्ने भन्दै सही नेतृत्व छान्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफूलाई मुख्यमन्त्रीबाट कसैले पनि हटाउन नसक्ने र उनीहरुसँग बहुमतसमेत नपुग्ने बताउनुभयो ।

गण्डकीसहित प्रदेश नम्बर १ र बागमती प्रदेशमा पनि सरकार नफेरिने उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरूङले संसद विघटन गरेर जनतामा जानु अग्रगामी भएको बताउँदै यसको विरुद्धमा लाग्नेहरू प्रतिगामी भएको आरोप लगाउनुभयो ।