अनेरास्ववियूद्वारा पाटनमा प्रदर्शन, प्रहरीले बयलगाडा खोस्न खोजेपछि तनाव

नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले ललितपुर पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्।

संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले रिक्सामा बयलगाडाको जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए। बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

ललितपुरको पाटनमा प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो। यस्तै आजै दिउँसो २ बजे माइतीघर मण्डला र भक्तपुरको सानोठिमीमा अपरान्ह ४ बजे बयलगाडाको स्वरूप बनाएर प्रदर्शन गर्ने कार्यक्रम छ।

संसद् विघटनपछि नेकपामा दुई समूह विभाजित छन्। प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध विभिन्न जुलुस तथा प्रदर्शन गर्दै आएको छ।