कसैले मलाई हटाउन सकेनन्, यही हो स्थिरता : प्रधानमन्त्री

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे । ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाह्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय रजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन् ।’

ओलीले अघि भने, ‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’