अब गफ फिट्ने दिन गए, गफ फिटेर हुन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आम निर्वाचन समयमै हुने दाबी गर्दै गफ फिट्ने दिन गएको बताएका छन्।

राष्ट्रियसभाको हिउँदे अधिवेशनको बैठकमा बोल्दै प्रम ओलीले आफ्नो विरोध गर्नेहरुलाई यस्तो जवाफ दिएका हुन्। गत पुस पाँच गते प्रतिनिधिसभाको विघटन गरेसँगै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ। उनले केपी ओलीको लोकप्रियताको ग्राफ शून्यमा पुग्यो भन्नेहरुलाई चुनावमा चुनौती पनि दिए।

‘अब गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्’ उनले भने, ‘कस्को लोकप्रियता कति जनताले आम निर्वाचनमा देखाइदिहाल्छन्। निर्वाचन भन्नेवित्तिकै सातो किन गएको?