अकबरे खुर्सानी खेती कसरी गर्ने ? महत्वपुर्ण जानकारी

खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो,भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन्। त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन्।भने कही कही नेपालको पश्चिमी क्षेत्रमा पनि यसको खेती गरेको पाइन्छ । नेपाल अधिराज्यभर यसको खेती गर्न सकिन्छ ।

विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी नेपालमा पाइने ६–७ जातका अकबरे खुर्सानी मध्ये आकार रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानोगोलो, लाम्चो, ठूलोगोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्जे पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरुमा पाईन्छ ।

तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मनपराउने जात हो । सुदुर पश्चिम क्षेत्रमा डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रमा अकबरे खुर्सानीको खेती गरेको पाइन्छ । हाल तरकारी जर्मप्लाजम सम्बर्धन तथा तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरामा यसको जातीय अध्ययन सम्बर्धन गरी कृषकहरुमा प्रचार प्रसार गर्ने कार्य भईरहेको छ ।

१. व्यवसाय अकबरे खुर्सानी खेतीको लागि कस्तो खालको हावापानी अवश्यक पर्दछ ?

यसको खेती उच्च पहाडदेखि गर्मी तराईमा समेत सजिलै खेती गर्न सकिन्छ । यसको लागि साधारणतय दिनमा तापक्र्र्र्रम २२ देखि २५℃ र रातीको तापक्रम १५ देखि २०℃ उपयुक्त हुन्छ । तथापि त्यस भन्दा घटी वा बढीमा पनि उत्पादन गर्न सकिन्छ । तर सेपिलो तथा पानी जम्ने स्थान र बढी आर्द्रता भएको ठाउँमा भने उत्पादन गर्ने धेरै कठिन हुन्छ ।

२. अकबरे खुर्सानी कस्तो माटोमा उपयुक्त हुन्छ ?

साधारण तथा सबै खाले माटोमा उपयुक्त भएता पनि पानी नजम्ने राम्रो निकास भएको मलिलो हल्का दुमट तथा केहि चिम्टाईलो माटोमा समेत उपयुक्त हुन्छ । माटोमा प्र्रशस्त प्राङ्गारिक मल मिसाउनुका साथै माटोको पिया ६ देखि ७ सम्म हुनु पर्दछ । भिरालो तथा नयाँ पाखो माटो अकबरे खेतीका लागि उपयुक्त मानिन्छ ।

३. नर्सरी व्यवस्थापन कसरी गर्ने सकिन्छ ?

अगाउटे नर्सरीका लागि असोज र कार्तिकको समय उपयुक्त हुन्छ र पछाउटे नर्सरीका लागि माघ र फाल्गुन उपयुक्त मानिन्छ ।अकबरे खुर्सानीको ब्याड राख्दा राम्रा खाले फलहरु छनोट गर्नु पर्दछ र राम्र्ररी सुकाई दल निकाली असोज देखि मंसिर सम्म प्लाष्ट्र्कि टनेल बनाई दल राख्नु पर्दछ । जमिनको तयारी जमिनको छनोट गर्दा पनि नजम्ने ठाउँको माटोलाई ३÷४ पटक खनजोत गरी माटो बुर्रबु¥याउदो बनाउनु पर्दछ । त्यस पछि १ भाग जङ्गलको माटो , १ भाग पाकेको गोबर मल र १ भाग बालुवा चिम्टाईलो माटो मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुने गरी वर्षादमा १० ईन्च र हिउँदमा ६ ईन्चको उचाई हुने गरी ड्याङ् बनाउने गर्नु पर्दछ ।

४. नर्सरीमा बिउ रोप्दा अघि ध्यान दिनु पर्ने कुराहरु के – के हुन् ?

नर्सरीमा बिउ रोप्न अघि निम्नानुसार मल तथा औषधी प्रयोग गर्नु माटो उपचार गर्न फ्युराडन वा डर्सान २५ ग्राम , डिएपी २०० ग्राम ,पोटास १०० ग्राम र कृषि चुन १०० ग्राम उक्त मलहरुको लागि तयार गर्नु पर्दछ । माटोमा राम्ररी मिसाई १÷२ दिन जति सुकेको परालले छोपी सिँचाई गर्नु पर्दछ ।

५. बिउको मात्र

१ रोपनी जग्गाको लागि १० ग्राम बिउ चाहिन्छ । उक्त बिउबाट १,५०० विरुवा उम्रे पछि १,२०० ओटा जति बिरुवा मात्र आवश्यक पर्दछ । जाडोको मौसम भए प्लाष्ट्र्कि टनेलको व्यवस्था पनि गर्नु पर्दछ ।

६. बिउ छर्ने र उमार्ने तरिका

बिउ छर्ने र उमार्ने तरिका तयार जमिनमा जमिनको चौडाई ४ ईन्चको फरकमा लाईन कोरी आधा ईन्च गहिरो कुलेसो बगाई १ ईन्च फरकमा १÷१ गरेर बिउ खसाल्ने गर्नु पर्दछ । उक्त बिउ हल्का बालुवा , खरानी वा जङ्गलको माटोले छोपी सुकेको पराल र झारले छोप्ने, माटोको अवस्था हेरि सिँचाई गर्ने गर्नु पर्दछ तर बढि चिसोपन भएमा बिउहरु कुहिने हुँदा पानी जम्न दिनु पनि हुँदैन् ।

बिरुवा उम्र्र्रे पछि छापोहरु झिकि दिने र हरेक साता दिनको फरकमा आवश्यकता अनुसार दुस्नाशक , किटनाशक बिषादी प्रयोग पर्दछ । यसरी बिरुवा अगाउटे हो भने ३÷४ महिना र पछाउटे हो भने १÷२ महिनामा वेर्ना तयार हुन्छ । यदि वेर्ना कमजोर वा पहँेलो भएमा वेर्नामा नै भिटामिन मल्ट्र्ीकम्पेट , भिजिनेस आदि लगायत युरिया २ ग्राम प्रति लिटर पानीमा इस्प्रे गर्नु पर्दछ ।

७. बिरुवा लगाउने तरिका

राम्ररी खेत तयार गरी सके पछि बहु वर्षिय रुपमा लाईन देखि लाईनको दुरी ९० सेन्टिमिटर र बिरुवा देखि बिरुवाको दुरी ६० से.मि. बर्षे बालीको लागि ६० देखि ६० से.मि. र वसन्ते बालीको लागि ६० देखि ६५ से.मि. दुरी कायम गरी प्रति बोटमा २ के.जी. सम्म कम्पोट मल, ५ ग्राम डिएपी , पोटास रु कृषि चुन गरी किराको प्रकोप हुने ठाउँमा उक्त विषादी राखी अकबरे खुर्सानी लगाउँदा अरु खुर्सानी भन्दा पृतक दुरीमा लगाउँनु पर्दछ ।

नत्र भने परागसेचन भई गुणस्तरमा कमि आउन जान्छ । यदि सिधैं खेतमा मलखाद राखी खेति गर्ने हो भने प्रति रोपनी डिएबी १६ रोपनी , पोटास १० के.जी. , कृषि चुन १० के.जी. , गोबार मल १० के.जी. , मल्ट्किम्पोट २ के.जी. र युरिया ८ के.जी. र फ्युराडाम १ के.जी. चाहिन्छ । जस मध्ये डिएपी र पोटास कृषि चुनलाई २ भाग गरी सबै गोठेमल आदि एक मुस्ट माटोमा राख्ने बाँकी आधा भाग दानामा पोटास कृषि चुनसँग ८ के.जी. युरिया २ के.जी. मल्ट्किम्पोस ४ गरी रोपेको १५ दिनको फरकमा ४ पटक प्रयोग गर्नु पर्दछ ।

जर्रख्याएको बिरुवा बेलुकीपख केही ओईल्याए पछि मात्र तयारी खाल्टोमा रोपेमा राम्रो हुन्छ । साथै जराहरु नखलबलिने गरी राम्ररी थिचेर हिउँदमा वरिपरि सानो खाल्टोको आकार बनाई दिने यदि सुख्खा हुन्छ भने फेदमा स्वोतर , परालले छापो दिने गर्नु पर्दछ ।

८. सिँचाई र व्यवस्थापन कसरी गर्ने ?

आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनु पर्दछ । रोप्ने बितिकै सिँचाई दिँदा राम्रो हुन्छ । त्यस पछि १० देखि १५ दिन फरकमा आवश्यकता अनुसार पानी दिनु पर्दछ । अकबरे खुर्सानीलाई पानीको ज्यादै आवश्यकता पर्दछ तर थोरै भए पनि पुग्दछ । फेदमा पानी जम्न दिनु हँदैन किनभने ढुसी रोग लाग्ने हुँदा होसियार पुर्वक पानी तर्काउनेको अवस्था मिलाउनु पर्दछ ।

निकासको राम्रो व्यवस्था मिलाई वर्षात्मा ६ ईन्च देखि १२ ईन्च सम्मको ड्याङको उचाई राख्नु पर्दछ । बिरुवा सारेको १० देखि १५ दिन , १५ दिन देखि २० , २० दिन देखि २५ दिन सम्म माटोको अवस्था हेरी गोल पार्ने , झारपात हटाउने गोडाई हरेक पटक टिकाई पनि गर्नु पर्दछ ।

बहुवर्षिया बाली हो भने प्रशस्त गोडमेल प्रयोग गर्ने , काँटछाँट गर्ने , बोटको तल्लो भागमा बाक्ला , पहेँला नचाहिने मुना हटाई दिने र पहिलो वर्ष फल टिपे पछि बोटलाई गोडमेल गर्ने र हिउँदमा तुसारोबाट जोगाई दिने गर्नु पर्दछ । तुसारोबाट जोगाउनको लागि पराल आदिको छाप्न दिने यसरी काँटछाँट , गोडमेल गरी अर्काे सालमा फल चाडैँ लिन सकिन्छ । यस्तो बाली लिन उच्च पहाड र तराईमा सम्भव छ ।

९. बाली संरक्षण कसरी गर्ने ?

खुर्सानी बालीमा ढुसी ब्याक्टेरिया भाईरसबाट उपयुक्त वातावरण पाएमा विभिन्न प्रकारका रोगहरु लाग्न सक्छन् ।रोग लागि सके पछि उपचार गर्न सकिन्न तर रोकथाम र व्यवस्थापन गर्न सकिन्छ ।

१०.खुर्सानी बालीमा लाग्ने मुख्य रोगहरु र रोकथाम कसरी गर्ने ?
डढुवा अथवा ढुसी रोग पातमा डडे जस्तो लक्षण देखिने सुरुमा पानीले भिजे जस्तो हल्का खैरो भई कालो रङ्गमा परिणत हुन्छ । अनुकुल वातावरणमा यसको थोप्लाहरुमा वृद्धि भई बोटलाई डढाई दिने हुन्छ । ओसिलो अवस्थामा फलको तल्लो सतहमा सेतो ढुसी देखिन्छ । फलमा खैरो , कालो दाग देखा पर्दछ । बेर्ना गाँठ पर्दाको लक्षण देखिन्छ ।

११. व्यवस्थापन विधि के हो ?

स्वच्छ विधि मात्र प्रयोग गर्नु पर्दछ । कार्बडाजिक र बेविष्ट्र्कि २ ग्राम प्रति किलो दरले बिउ उपचार गर्ने गर्नु पर्दछ । रोग लागेका बोटहरु हटाउने , जलाउने र खेत सफासुग्घर राख्नु पर्दछ । रोग सुरु हुने बेला देखि कपअक्सिक्लोराईड म्याको जेप्फ्डाइफनएन् फोटि २ देखि ३ ग्राम प्रति लिटर पानीमा मिसाइन्छ । अब अर्काे रोग रहेको छ ।

कोत्रे रोग पनि भनिन्छ । बोटको टुप्पा माथिबाट सुक्दै आउँछ । यसले गर्दा पुरै हाँगा सुकेर मर्दछ । बोटको डाँठहरु काला स ) साना गिर्खाहरु देखा पर्दछ । बिस्तारै तलतिर असरहरु गर्दै जान्छ र फल कम लाग्दछ । अर्काे किसिमको फलमा दागहरु पनि फलमा सर्दछ । यस्ता दागहरुमा थुप्रै काला गिर्खाहरु देखा पर्दछ ।

१२. व्यवस्थापन कसरी गर्ने ?

रोगी फलहरुको बोटबाट बिउ नराख्ने , क्याप्टन फाईरम विषादीले बिउ उपचार गर्ने , खेत सफा राख्ने रोग लागेका पुराना बोटहरुलाई जलाउने भ्रष्ट गर्नु पर्दछ । रोगको लक्षण देखा पर्ना साथ कपअक्सी क्लोराडई ५० ग्राम अथवा म्याकोजेफ् ४५ ग्राम प्रति लिटर पानीमा मिसाई ७÷७ दिनको फरकमा दिन पटक छर्कने गर्नु पर्दछ ।

१३. खुर्सानीको बजार व्यवस्थापन कसरी गर्ने ?

खुर्सानी ठिकसँग समयमै टिपेर लामो दुरी सम्म पठाउन चोयाँ वा प्लाष्ट्र्किको क्रेट वा टोकरीमा राखी पठाउन एक बास्केटमा २० देखि ३० के.जी. भन्दा बढी नराखी पठाउनु पर्दछ । ज्याद पाकेको र चिसो मिसाउनु हुँदैन । मुल्य निर्धारण समय अनुसार फरक हुने भए पनि वैशाख , जेठ र असोज , कार्तिक महिनामा बढी मुल्यमा किनबेच भएको हुनाले यो महिनामा विशेष गरी हामीले बढी उत्पादन गर्नु पर्दछ ।

अकबरे खुर्सानीको सुकेको भन्दा पाकेको तर नसेकाएकोले राम्रो बजार मुल्य पाउँछ । हरियो काँचो फलमा भन्दा पाकेको रातो फलमा पौष्ट्र्कि तत्वहरु बढी प्राप्त हुने गर्दछ । त्यसै कारणले हामीले राम्रोसँग पाकि सके पनि पछि पनि बजार व्यवस्थापन गर्न सकिन्छ ।

१४. कुन जातको अकबरे खुर्सानी सबै भन्दा राम्रो मानिन्छ ?

ठुलो , गोलो , लाम्चो बास्नादार जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मन पराउने जात हो ।