प्रधानमन्त्रीले पशुपतिमा जति ठूलो बत्ति बालेपनि उहाँको पाप पखालिँदैन : भीम रावल

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेको आराप लगाउनु भएको छ ।

मंगलबार मुगु सदरमुकाम गमगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले विभिन्न विभिन्न सरोकारवालानिकायहरुबाट आलोचना र बिरोध उठेपछि पशुपतिमा गएर बत्ती बालेको बताउनु भयो । तर प्रधानमन्त्री ओलीले पशुपतिमा गएर जति नै ठूलो बत्त्ति बालेपनि यो अपराध नपखालिने नेता रावलको भनाइ थियो ।

उहाँले भन्नुभयो, आफुले चालेको असंवैधानिक कदमबिरुद्ध नागरिक समाज, कानुन व्यवसायी लगायत धेरै संस्थाहरुबाट बिरोध भएपछि पाप पखाल्न पशुपति जानु भएछ । तर जति ठूलो बत्ति बालेपनि उहाँको पाप पखालिदैन ।

नेता रावलले अहिले मुलुकमा कोरोना भाइरस बिरुद्धको खोपको चर्चा चलिरहँदा प्रधानमन्त्रीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो । त्यस्तैगरी उहाँले पाटीले उहाँलाई काम गर्न सहयोग गर्दा गर्दैपनि विभिन्न बहाना बनाएर पार्टीबाट असहयोग भएको भन्दै भ्रम फल्याएको जिकीर गर्नुभयो ।