म पशुपति जाँदा टाउको दुखाउनुपर्ने जरुरी छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पशुपति दर्शनले धेरैको टाउको दुखेको भन्दै कसैले पनि टाउको दुखाउनुपर्ने कारण नभएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राज्यले सबै धर्मप्रति समान दृष्टीकोण राख्ने र नेपाली नागरिकको आस्था भएका स्थलमा आफू पुग्ने बताए ।

‘राज्य सबै धर्मप्रति समान दृष्टीकोण राख्छ । राज्यको विशेष धर्म हुँदैन । नेपाल १ सय २७ जातजाति र भाषाभाषीको देश हो । म महादेव, कृष्ण बुद्ध सबैका स्थलमा पुग्छु । म पशुपति जाँदा सिटामोलले समेत ठीक नगर्नेगरी टाउको दुखाउनुपर्ने जरुरी छैन,’ उनले भने ।

नेपाल राज्यको कुनै विशेष धर्म नहुने ओलीले बताएका छन् ।