बिना मगरको कार्यकालमा मेलम्ची आयोजनाको प्रगति सबैभन्दा धेरै

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी काम भएको देखिएको हो ।

इटालियन कम्पनी सिएमसीले बिचमा काम छोडेपछि उक्त कम्पनीसँग सम्झौता रद्द गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई टेण्डर मार्फत बाँकी निर्माणको ठेक्का दिईएको थियो । ठेक्का सम्झौतापछि चिनियाँ कम्पनीले बाँध निर्माण ९हेड वक्र्स० लगायतका काम सुरु गर्यो ।

सुरुङभित्र पानी हालेर परीक्षण गर्ने क्रममा सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण मेलम्ची आयोजना केही ढिला हुन गयो । तरपनि, मन्त्री मगरको कार्यकालमा मेलम्चीमा सबैभन्दा बढी प्रगति भएको प्रगति विवरणले देखाएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रगति प्रतिवेदनमा पूर्वमन्त्री मगरको कार्यकाल मेलम्ची आयोजनाको निर्माण प्रक्रियामा उल्लेखनीय भएको उल्लेख छ । विभिन्न उपशीर्षक समेटेर तयार पारिएको ६० पेज लामो प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७५–०७६ र २०७६–०७७ मा सबैभन्दा बढी प्रगति भएको देखिएको छ ।

मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि सुरुङको फिनिसिङ कार्य, हेडवक्र्स निर्माण, सेन्सरगेट, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको उल्लेख छ ।