यो संसद विघटन सदर गरे अर्को संसद दुईवर्ष पनि टिक्दैन : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको संसद विघटन सदर भए चरम अस्थिरता आउने बताएका छन्। कांग्रेस काठमाडौं नम्बर ६ को क्षत्रीय समितिले गरेको विरोध प्रदर्शनमा सिटौलाले अहिले प्रतिनिधिसभा मात्र नभएर परिवर्तित व्यवस्थाको जग भत्किन थालेको बताए ।

“यो संसद विघटन्लाई सदर गर्ने हो भने अब आउने संसद दुईवर्ष पनि टिक्दैन,” सिटौलाले भने, “यो संसद विघटन मात्र नभएर धेरै कुराको विघटन हुनेछ। सबैभन्दा ठूलो संविधानमाथि जनताको विश्वास विघटन हुनेछ।” उनले आफूले बोल्दा न्यायलयको अवहेलना हुन्छ कि हुँदैन भन्ने आफूलाई थाहा नभएको बताए ।

“अहिले त अपहेलना मुद्दा सुरु भएको छ, खासगरी पूर्वप्रधानन्यायाधीशहरूमाथि अवहेलननको मुद्दा सोचनीय छ,” सिटौलाले भने, “संविधानको मस्यौदा निर्माण गर्दा मैले नै त्यतिवेलाका प्रधान्यायाधीशलाई बोलाएको छु। कस्तो न्यायालय चाहिन्छ भनेर उहाँहरू आफैं उपस्थित भएर सुझाव दिनु भएको छ ।”

उनले त्यसरी सहभागिहरूले बोल्दा अपहेलनाको तरबार देखाउनु स्वभाविक नभएको बताए ।