मदन भण्डारीको हत्यारा पत्ता लगाइयोस् म जबज मान्न तयार छु : दीपशिखा

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका संयोजक राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले यो परिवर्तन शहिदहरुले रगत बगाएर सम्भव भएको स्पष्ट गरेका छन् ।

काभ्रेको बनेपामा आयोजित बृहत युवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै उनले शहिदहरुलाई श्रद्धान्जली दिँदै केपी ओलीको हातमा यो परिवर्तन नसम्पुने प्रतिवद्धता पनि गरे ।

साथै, उनले सरकारको अहिलेको काम धुलो लागेको फाइल खोज्ने नभएको बताए । साथै, मदन भण्डारीको हत्यारा पत्ता लगाए आफू जनताको बहुदलीय जनवाद मान्न तयार भएको समेत बताए । उनले चुनौती दिँदै अघि भने, ‘मदन भण्डारीको हत्यारा को हो ?’ धुलो लागेको फाइल खोज्ने हो ? म सुन्छु । बहुदलीय जनवादका कुरा मदन भण्डारीका कुरा । ए कमरेड हुत्ति छ, विद्या भण्डारी र केपी ओलीको हुत्ति भए मदन भण्डारीको हत्यारा पत्ता लगाइयोस् । म घोषणा गर्छु, मदीपशिखा मदन भण्डारीबट प्रशिक्षित पार्टी जनताको बहुदलीय जनवाद मान्न तयार छ । हुत्ति छ ?’

उनले आफूहरुबाट झुक्किएर कोही केपी ओलीको समूहमा गएको भन्दै तीनलाई आफ्नो समूहमा आउन आग्रह गरे । उनले भने,‘जनताको बीच्मा गएर हामी र हाम्रा पार्टीले माफि माग्नपर्छ । म मेरो र युवा संघको तर्फबाट माफि माग्छु ।’

‘केपी ओलीलाई मन पर्छ, गोकुल बास्कोटा, दिगम्बर झा मन पर्छ । केपी ओलीलाई गित गाउने केटीहरु मन पर्छ । केपी ओलीलाई ओम्निहरु मन पर्छ ।’ उनले अघि भने,‘केपी ओलीलाई बा भन्ने छोराहरु मन पर्छ, हामीलाई कमरेडहरु मन पर्छ, हामीलाई युवाहरु मन पर्छ । अनि केपी ओलीका छोरा, गोकुल बास्कोटा । केपी ओलीका छोरा महेश बस्नेत । केपी ओलीका छोरा ओम्नीका मालिक, यतिका मालिक ।’

उनले केपी ओलीलाई मन परेको पार्टीलाई मन नपरेको र पार्टीलाई मन परेको ओलीलाई मन नपरेको बताए ।