क्रान्तिका एजेण्डा अपहरणमा परेर यस्तो भयो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहद शान्ति–सम्झौतालाई बिर्सेर देश अघि बढ्ने नसक्ने बताएका छन्।

डा. भट्टराईले नयॉ पुस्तालाई विस्तृत शान्ति सम्झौताको पूर्ण पाठ पढ्न समेत आग्रह गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति-सम्झौता(जसमा मधेस जनविद्रोह लगायत पूरक बनेका थिए)लाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि बढ्दैन है! नयाॅ पुस्ताले शान्तिसम्झौताको पूर्ण पाठ पढून्। क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ!’

विस्तृत शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको शान्ति–सम्झौता २०६३ साल मंसिर ५ मा भएको थियो ।