खानेपानी मन्त्री मणि थापाले सुर्खेत पुगेर श्री ५ को सरकार भनेपछि…

सुर्खेत पुगेका केपी शर्मा ओली नेतृत्वको खानेपानी मन्त्रीको शनिबार जिब्रो चिप्लिन पुगेको छ।

सुर्खेतमा ओली पक्षको कार्यक्रमलाई सम्बोधनको सुरुमै उनको जिब्रो चिप्लिएर गणतन्त्र नेपालमा पनि श्री ५ को सरकारलाई सम्झिए। उनले २०६२/६३ को जनआन्दोलन अघि कायम श्री ५ को सरकारलाई स्मरण गर्दै सम्बोधन गरे।

सम्बोधनका लागि पोडियममा पुग्नुभएका मन्त्री थापाको बोली सुरुमै चिप्लियो । उहाँले आफ्ना कार्यकर्ता एवं उपस्थितलाई सम्बोधनको क्रममा श्री ५ को सरकारको तर्फबाट स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुर्खेतका आदरणीय जनसमुदायहरु, म तपाईंहरू सबैलाई नेकपाको स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा स्वागत गर्न चाहान्छु ।’

त्यसपछि उनले त्यहाँ उपस्थित हुनुपरेको कारणबारे व्याख्या गरेका थिए। उनले नेपालमा राजनीतिक क्रान्ति सकिएको भन्दै सबै राजनीतिक क्रान्ति र आन्दोलनको अब मिनिङ नहुने दाआी गरे। २००७ सालदेखिको राजनीतिक क्रान्ति अब सकिएको भन्दै उनले अब आर्थिक क्रान्ति चाहिएकाले नेपालीले देशमै रोजगार पाउनु पर्ने बताए।

राजनीति क्रान्तिको अर्थ अब जुलुस, हड्ताल बन्द गर्नुस्, बन्दुक बोक्नुस् तर देश चेन्ज भएन भने त्यसको कुनै अर्थ हुँदैन। प्रधानमन्त्री फेर्दैमा मात्रै केही हुँदैन।

उनले नेपालमै रोजगारी नपाएसम्म, शान्ति सुरक्षा नपाएसम्म देश परिवर्तन भएको मान्न नसकिने बताए। देशमै पढ्न नपाएर विदेशका स्कुल कलेज जानु पर्ने बाध्यता नहटेसम्म देश विकास भएको नमानिने उनले बताए।