ओलीको हिटलरी निरङ्कुशताकाे जग्जगी शुरूभाछ : खगेन्द्र संग्रौला

लेखक खगेन्द्र संग्रौलाले सत्तामा केपी ओलीको हिटलरी निरङ्कुशताको जग्जगी सुरु भएको टिप्पणी गरेका छन् । उनले सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनको बर्बरता भएको समेत बताएका छन् ।

यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो ? भन्ने प्रश्न समेत उनले गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘सत्तामा खड्ग ओलीय हिटलरी निरङ्कुशताकाे जग्जगी शुरूभाछ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकरूमाथि हिटलरी दमनकाे बर्बरता शुरूभाछ। यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुकाे साङ्केतिक अर्थ के हाे? के थाहा, याे ओलीय तानाशाहीकाे फाैजी चरणकाे पूर्वाभ्यास पाे हाे कि!’

नेपाली सेनाले सोमबार राति नियमित कार्यक्रमअनुसार बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने जानकारी दिएको छ । सेनाले नागरिकमा भ्रम पैदा नहोस् भनेर आइतबार नै यसबारे जानकारी दिएको थियो ।