चितवन घटना बारे बास्कोटाले भने : ‘गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् ।

उनले होहल्लाको अर्थ नभएको भन्दै गलत विचारको सही विचारबाटै प्रतिवाद गरिनुपर्नेमा जोड दिएका छन् । चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले गलत विचारविरुद्ध लड्न सही विचारा नै पर्याप्त हुने भएकाले होहल्ला गर्नुको अर्थ नहुने बताएका हुन् ।

‘हातहरुको सशस्त्रीकरण भन्दा पहिला विवेक र विष्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छै ।’