अब तेस्रो जनआन्दोलन सुरु भयो : गृहमन्त्री बादल

नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली पक्षका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले नपालमा अब तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा ओली पक्षले आयोजना गरेको बृहत्त जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा आज असाधारण परिस्थिति सिर्जना हुनुको प्रमुख कारण नै पार्टी र सरकार अध्यक्ष ओलीलाई अपदस्थ गर्न खोज्नुले नै अस्थिरता जोडिएको टिप्पणी गरे ।

उनले अहिलेको अस्थिरता राष्ट्रपतिको मानमर्दन र विस्थापित गर्नेसँग जोडिएको बताएका हुन् । उनले दाहाल–नेपाल समूहले सबै किसिमको भ्रमको सहारा लिएको पनि आरोप लगाए । उनले भने–मांशहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्थ गरिनेछ भनेर घोषणा गर्दै हिँडेका छन् । मांशहारी आन्दोलन गर्नेहरुलाई भन्न चाहन्छु कि हाम्रो संविधानले मांशहारी आन्दोलन गर्नेलाई अपराध मान्छ । मांशहारी आन्दोलन गर्नेलाई जावालाखेलको जुमा हालिनेछन ।