नारायणहिटी अगाडि ओली समूहको शक्ति प्रदर्शन तस्बिरमा हेर्नुहोस्

नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।


पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको हो।

जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहतसभाको आयोजना गरिएको पार्टीले जनाएको छ।