मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेल लगेर थुन्छु : गृहमन्त्री थापा

नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

शुक्रबार नेकपा प्रधानमन्त्री केपी ओली समूहले नारायणहिटी दरबारको प्रांगणमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहेका थापाले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहलाई फुटवादी तत्वको संज्ञा दिँदै थापाले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’ नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’

मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।