लाहुरे दम्पतिको पुनर्मिलन भएपछि सामाजिक संजालमा बधाईको ओईरो

सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ ।

शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।

वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसेमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका रौतहटका नारायण शाहसँग भागेकी थिइन् ।

स्मिताले भारतमा जन्मिएकी युवती हुन् । राहुलपनि नेपालमै जन्मिएका भएपनि भारतमा बस्दै आएका थिए । स्मिताले एक महिनाअघि नै घर छाडेर नारायणसँग भागेकी थिइन् । उनी सामाजिक संजालमा परीचय भएका नारायणसँग भागेकी थिइन् । एक महिनापछि काठमाडौंको एक होटलबाट नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा दुवैजनालाई लिइएको थियो । त्यसपछि प्रहरीले सोधपुछ गर्दा नारायणले आफूलाई इन्जिनियर भएको र आप्नो बाबु आमा पनि नभएको भन्दै सम्मानपूर्वक बोलेर आफूलाई फकाएको उसँग आफू आएको स्मिताले बताएकी थिइन् ।

स्मिता र नाराणयको खोजीका लागि कपुरबोट नामक युट्युव च्यानलले सहयोग गरेको थियो । ३ बर्षको छोरीसमेत भएकी स्मिताले परपुरुषसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ताव समेत गरेको बताइएको थियो । तर शुक्रबार राहुल र स्मिताबीच नै पुनरमिलन भएको छ । उनीहरुबीच पुनर्मिलन भएपछि सोही वडामार्फत विवाह दर्ता गराइएको छ ।

आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलन गराउन सहजिकरण गरेको वडा अध्यक्ष भेजराज पाण्डेले बताउनु भयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो, बिषेशगरी उहाँहरुको छोरीका लागि पुनरमिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकारगर्न राहुल र स्मिता मन्जुर भए त्यसपछि हामिले पुनर्मिलन गरायौँ। उहाँले थप्नुभयो, सिक्किमबाट र राहुलका बुवा नि आउनु भएको थियो, स्मिताका माइतकी अमा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँहरुको बच्चाको पनि मिजारिलो भयो।

राहुल र स्मिताको गत सोमबार जिल्ला अदालत गोरखामा सम्बन्ध विच्छेद भएको थियो । लाहुरे दम्पतिलाई वडा अध्यक्ष भेजराज पाण्डेले सुखद दाम्पत्य जीवनको सुभ कामना दिनु भएको छ। राहुल र स्मिता पुनर्मिलनले परिवार लगायत शुभचिन्तक खुसि भएका छन्। पुनर्मिलनको समाचार बाहिरिए पछि सामाजिक संजालमा उनीहरु लाई बधाई दिनेहरुको ओईरो लागेको छ।