पुरुषले नारीलाई कमजोर र लाचार किन सम्झन्छ ? : नीता ढुंगाना

बैतडीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । अहिले प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ ।

भागरथीको बीभत्स हत्यालाई कतिपयले अर्की निर्मला पन्तको अवसानका रुपमा पनि व्याख्या गरेका छन् । यो घटनाले नेपाली समाजमा छोरीहरू अझै सुरक्षित छैनन् भन्ने थप अर्को दृष्टान्त पेश गरेको छ । देशमा बढेको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाली कलाकारहरुले बलात्कारीलाई चाँडो पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

अभिनेत्री नीता ढुंगानाले नारीलाई अपमान नभइ सम्मान गर्न आग्रह गरेकी छन् । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणको विषयमा आफ्नो विचार राख्दै उनले फेसबुकमा लेखेकी छन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ?’

उनले अगाडि लेखेकी छन्, ‘सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुपसँग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौं ।’ भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि भारतको आगरामा रहेकी नीताले आइतवार फेसबुक लाइभमा देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति पनि चिन्ता व्यक्त गरेकी थिइन् ।

उनले लेखेकी छन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन तर पनि त्यहि नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ।सौन्दर्य शक्ति र शालिनताको अर्को रुप हो नारी, संसारको कुनै रुप सङ्ग पनि तुलना गर्न नसकिने एक बिरासतको नाम हो नारी! नारीलाई अपमान होइन सम्मान गर्न सिकौ!’