जब मुखमा कालो टेप टाँसेर माइकअघि पुगिन् रामकुमारी झाँक्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले राजधानीमा गरेको आमसभामा बोल्ने क्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्री आज फरक अवस्थामा ड्यासमा पुगेकी छन्।

कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्। मास्क फुकाल्दा उनको मुख कालो टेप टाँसिएको थियो।

उनले टेप निकालेर भनिन्- बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं।