चौतर्फी दबाबपछि रामकुमारी झाँक्री रिहा

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । चौतर्फी दबाबपछि उनलाई प्रहरीले घरमै लगेर छाडी दिएको छ ।

बिहीबार दिउँसो शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो।

नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए। नेतृ झाक्रीले गोरखामा भएको एउटा सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो।