ज्ञानेन्द्रले वीरेन्द्र मारे भन्दा कोही पक्राउ परेनन्, राष्ट्रपतिको आलोचना गर्दा गिरफ्तार !

नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेकामा आपत्ति जनाएका छन् ।

रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत झाँक्री पक्राउको विरोध गरेका हुन् । प्रहरीले राष्ट्रपति विद्या भण्डारीको नाम प्रधानमन्त्री केपी ओलीसँग जोडेर आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो । जनताबाट राजा वीरेन्द्रको वंशनाश राजा ज्ञानेन्द्र युवराज पारसले गरेको आरोप लाग्दासेमत कसैलाई पक्राउ नगरिएको विगत रिजालले स्मरण गरे ।

‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही नसमातिएको, ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको नसुनिएको तर आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !’, रिजालले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् ।

चौतर्फी दबाबपछि रामकुमारी झाँक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको छ ।