विष्णु पौडेललाई देखाउँदै प्रधानमन्त्रीले भने–’विष्णु पौडेलको नाक हेर्नुहोस त’

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा देशको विकास र समृद्धि हाँसिल गर्ने बताएका छन् ।

शनिबार बुटवलमा केबलकार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रको लागि लगानीमैत्री वातावरण बनाईदिने बताए । तर, सरकारले पैसा भने नदिने सुनाए । विकास सबैका लागि हुने बताउँदै यसको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्दै बढ्नुपर्ने उनको बताए ।

केबुलकार उद्घाटन गर्दै विष्णु पौडेललाई देखाउँदै भने–आज विष्णु पौडेलको नाक हेर्नुहोस त, कत्रो भएको छ ? आफ्नो निर्वाचन क्षेत्रमा भएको भएर विष्णु पौडेलको नाक हेर्नुहोस त, आफ्नो प्रदेशमा भएको भएर मुख्यमन्त्रीको अनुहार हेर्नुहोस त, मुस्कुराहट कस्तो छ ?’