निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गएपनि छोड्दैनौ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् ।

उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गएपनि सरकारले नछोड्ने दावी गरेका हुन् ।

शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको दावी छ ।