ओली र प्रचण्डको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताएका छन्।

ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन्। भैरहवामा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले कुर्सीका लागि अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताए।

‘प्रचण्डले प्रजातन्त्र मान्छु भने। गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो। तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले। उनीहरू कुर्सीका लागि झगडा भयो। यो झगडामा हाम्रो कुनै हात छैन,’ उनले भने।

कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको देउवाको भनाइ थियो। ‘तिनको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ,’ देउवाले भने, ‘हामी कतैतिर लाग्ने काम छैन।’