भागरथी हत्याका आरोपी सार्वजनिक

भागरथी हत्यामा संलग्न आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ।

दोगडाकेदार गाउँपालिका–७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी अहिले दिउँसो सार्वजनिक गरेको हो। भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी हुन् । उनी कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । दिनेश भट्टले प्रहरी सामुको बयानमा प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेका बताएका छन्।