प्रदेशसभा भंग हुनसक्छ : मुख्यमन्त्री राई

सरकारको आयु लम्ब्याउन प्रदेशसभा छलेको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् ।

मुख्यमन्त्री राईले भने ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड–माधव समूह)को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न’।

आफू विघटनको पक्षमा नरहेको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस मैले गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने त्यस अघि (प्रस्ताव दर्ता अघि) नै विघटनको सिफारिस गर्न सक्ने अवस्था हुन्थ्यो नि । तर म त्यस(विघटन) को पक्षमा छैन ।’