गहिरो प्रेममा ईन्दिरा, कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा

कतिपय सेलिब्रेटी आफ्नो प्रेम सम्बन्ध लुकाएरै राख्न रुचाउँछन्। तर सामाजिक सञ्जालमा प्रेम सम्बन्ध खुलाउने सेलिब्रेटीको कमी छैन।

हालै गायिका ईन्दिरा जोशीले फेसबुकमा आफ्नो प्रेम सम्बन्धबारे खुलेकी छन्। उनले आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्। इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

केही समयदेखि ईन्दिराको प्रेम सम्बन्धबारे चर्चा भइरहेको थियो। उनी प्रेम सम्बन्धमा छन् वा छैनन् भन्ने धेरैको चासो बनेको थियो। तर ईन्दिराले उनको प्रेमीको अनुहार खुलाएकी छैनन्। यसपछि उनका प्रशंसकहरूमा जिज्ञासा बढेको छ- को होलान् त गायिका ईन्दिरा जोशीको प्रेमी?

नेपाल आइडलकी जजसमेत बनिसकेकी ईन्दिरा जोशीका ‘चौबन्दी चौली अनि रातो घांगरा’, ‘बेहुली’, ‘उध्रेको चोली’, ‘मोटरसाइकमा’ आदि गीत चर्चित छन्।