आउँदो चुनावमा म पनि लड्छु : सर्वेन्द्र खनाल

नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनालले आउँदो प्रतिनिधिसभा चुनावमा आफू पनि उठ्ने बताएका छन्।

एक टेलिभिजन सँगको कुराकानीमा खनालले आफू उम्मेद्वार बन्ने बताएका हुन। तर, कुन पार्टीबाट र कहाँबाट उठ्ने भन्नेबारे छलफलमै रहेको खनालले बताए। प्रतिनिधिसभा विघटनपछि आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिएको छ। नीति निर्माण गर्ने तहमा गएर केही गर्नुपर्छ भन्ने सोचमा आफू रहेको खनालले बताएका हुन।

पूर्व प्रहरी महानिरीक्षक खनाल तनहुँका स्थानीय हुन। आईजिपीबाट अवकाश पाइसकेपछि उनी पछिल्लो समय केपी शर्मा ओली निकट नेकपासँग नजिक छन्। प्रधानमन्त्री ओलीको निर्देशनमा उनी सहित ओली समूहमा महेश बस्नेत लगायतको टोलीले जसपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए।

आईजीपी रहँदा खनालका घुमुवाहरूको विप्लव नेकपाका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेका थिए।

राष्ट्रिय मानव अधिकार आयोगले नेता पौडेलको हत्यामा संलग्न र हत्याको निर्देशन दिनेमाथि समेत मुद्दा चलाउन सरकारलाई निर्देशन दिएपनि कारवाही अगाडि बढ्न सकेको छैन। यो मुद्दा अगाडि बढे खनाल लगायत हत्याका योजनाकारहरु समेत तानिनसक्ने बताइन्छ।