संसद पुनर्स्थापना भएको खुसियालीमा माइतीघरमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

विवेकशील साझा पार्टी, नेविसंघ र युवा संघले माइतीघर मण्डलामा र प्रचण्ड-नेपाल नेतृत्वको विद्यार्थी संगठनले मंगलबार साँझ दीप प्रज्वल गरेका हुन्।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।